Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चुमनुब्रीमा तमू विद्यार्थी छोंज धीं र तमुस्यो ह्युल छोंज धीं इकाई गठन

चुमनुब्रीमा तमू विद्यार्थी छोंज धीं र तमुस्यो ह्युल छोंज धीं इकाई गठन

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
चुमनुब्रीमा तमू विद्यार्थी छोंज धीं र तमुस्यो ह्युल छोंज धीं इकाई गठन
images

गोरखा । चुमनुब्री गाउँपालिकामा नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं इकाई समिति र नेपाल महिला (तमुस्यो) ह्युल छोंज धीं इकाई गठन भएको छ । तमू विद्यार्थी छोंज धीं इकाईको मंगलबार भएको प्रथम अधिवेशनले कृष्ण गुरुङको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा जसनी गुरुङ, कोषाध्यक्षमा स्मृती गुरुङ, सचिवमा राजकुमार गुरुङ र सह–सचिबमा सुजिता गुरुङ चयन भएको जिल्ला सचिव मोहन गुरुङले बताए । सदस्यहरुमा सुमित्रा गुरुङ, धनप्रसाद गुरुङ र राजी गुरुङ चयन भएका छन् ।
यसैगरी मंगलबार तमुस्यो ह्युल छोंज धीं चुमनुब्री गाउँपालिका इकाई पनि गठन भएको छ ।

मनकुमारी तमुस्योको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा प्रमिला तमुस्यो, कोषाध्यमा सम्झना तमुस्यो, सचिवमा लक्ष्मी तमुस्यो र सह–सचिवमा समिक्षा तमुस्यो चयन भएका छन् । सदस्यहरुमा ललिता तमुस्यो, देचेन तमुस्यो र नबिना तमुस्यो रहेका छन् । यस्तै तमुस्यो ह्युल छोंज धीं को सल्लाकारमा मिना तमुस्यो, कालीमाया तमुस्यो, पुष्पा तमुस्यो र सरिता तमुस्यो चयन भएका छन् ।

चुमनुब्री गाउँपालिकाका तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष बुद्धि गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष निमा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ, परिषदका जिल्ला अध्यक्ष रामबहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ, तमुस्यो ह्युल छोज धी की जिल्ला अध्यक्ष मिना गुरुङ, सचिव हिमला गुरुङ, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं का अध्यक्ष मनोज गुरुङ लगायतको सहभागीता रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:५५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology