Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी अस्पतालबाट फिजियोथेरापी सेवा सुरु

आँबुखैरेनी अस्पतालबाट फिजियोथेरापी सेवा सुरु

इच्छाकामना न्युज

१५, चैत्र २०८१
आँबुखैरेनी अस्पतालबाट फिजियोथेरापी सेवा सुरु
आँबुखैरेनी, १६ चैत्र । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालबाट फिजियोथेरापी सेवा सुरु गरिएको छ ।
फिजियोथेरापी सेवाको शनिबार एक समारोहकाबीच गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समुद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गनुहुदै प्रदेश स्वास्थ्य मन्त्री पाठकले यस अस्पातलका लागि अत्यावश्यक सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री पाठकले अस्पतालका लागि आवश्यक पर्ने प्राबिधिक, जनशक्ती एवं भौतिक पूर्वाधार क्षेत्रमा सहयोग गर्न गण्डकी प्रदेश तयार रहेको स्पष्ट पार्नुभएको छ ।
हाल सम्म अस्पतालबाट २१५ जना बिरामीले थेरापी सेवा लिइसकेका छ्न । अस्पतालमा शल्यक्रिया अघि र पछि, बालक देखि बृद्ध सम्म रोगको अवस्था र सबै अर्थो तथा न्यूरो पुनर्वास लगाएत १५० भन्दा बढी थेरापी सेवा उपलब्ध रहेको अस्पतालका फिजियोथेरापिस्ट डाक्टर कृपेश चालिसेले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, प्रशासकीय अधिकृत (सातौं) शर्मिला अधिकारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डिबि क्षेत्री, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर तमु, वडा नं. २ का वडाअध्यक्ष आश बहादुर गुरुङ्ग, वडा नं. ३ का वडाअध्यक्ष दिनेश के.सी., वडा नं. ५ का वडाअध्यक्ष सन्तोष गुरुङ्ग, वडा तथा कार्यपालिका सदस्यहरु एवं गाउँपालिकाका तथा अस्पतालका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र १५, २०८१ शनिवार - २३:५८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology