Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अकला पञ्चायन मन्दिर विकास समितिको अध्यक्षमा पन्त चयन

अकला पञ्चायन मन्दिर विकास समितिको अध्यक्षमा पन्त चयन

इच्छाकामना न्युज

१६, चैत्र २०८१
अकला पञ्चायन मन्दिर विकास समितिको अध्यक्षमा पन्त चयन
आँबुखैरेनी, १६ चैत्र । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ मा रहेको अकला पञ्चायन मन्दिर विकास समितिको अध्यक्षमा सूर्यबहादुर पन्त चयन हुनुभएको छ।
आज सम्पन्न भएको अकला पञ्चायन मन्दिर विकास समितिको वार्षिक साधारण सभा तथा अधिवेशनले पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाबाट निर्वाचित हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा राधिका मिश्र, कोषाध्यक्षमा सरला घिमिरे, सचिवमा गोपाल पौडेल र सहसचिवमा गणेशबहादुर खनाल रहनुभएको छ।
त्यस्तैगरी समितिको अन्य सदस्यहरूमा रामजी अमगाई, ईश्वर वाग्ले, सम्झना बिक, कमल सापकोटा सुरज वाग्ले र रमेश भट्ट रहेका छन्।
अकला पञ्चायन मन्दिर विकास समिति र अकला महिला समूहको संयुक्त साधारण सभा सूर्यबहादुर पन्तको अध्यक्षतामा आज अकला मन्दिर परिसरमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफूले आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्दै विकासका गतिविधिहरुलाई अगाडि बढाइरहेको बताउनुभएको थियो।
सो अवसरमा बोल्दै उहाँले अब बन्ने बजेटमा अकला मन्दिर प्राथमिकतामा पर्ने कुरामा पनि जोड दिनुभएको थियो। आफू निर्वाचित भएर आएदेखि हरेक वडाहरूमा प्राथमिकता क्रमको आधारमा बजेट विनियोजन गर्दै आएको कारणले गर्दा कहिँ कतै विवाद नआएको पनि उहाँले बताउनुभएको थियो।
सोही अवसरमा अकला महिला समूहले विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो।

images
प्रकाशित मिति :चैत्र १६, २०८१ आइतवार - ००:००:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology