Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक बिदा

गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

१६, चैत्र २०८१
गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक बिदा
images

लेखनाथ, चैत १७ गते। गण्डकी प्रदेश सरकारले आउने वर्ष थप चार दिन सार्वजनिक बिदा दिने भएको छ। विक्रम संवत् २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक चार दिन बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। 

मन्त्रिपरिषद बैठकले गरेको बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकालले भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो।  

यी बिदामा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ। 

अघिल्ला वर्ष प्रदेश सभा दिवस र प्रदेश स्थापना दिवस अलग अलग मितिमा मनाउने गरिएको थियो। यो वर्षबाट मङ्सिर २२ गते प्रदेश स्थापना दिवस र प्रदेशसभा दिवस मनाउन थालिएको छ। प्रदेश सरकारले सङ्घ सरकारले दिएका सार्वजनिक बिदा बाहेक थप छ बिदा दिन पाउने प्रावधान छ। 

images
प्रकाशित मिति :चैत्र १६, २०८१ आइतवार - २३:५१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology