Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ

लमजुङमा एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ

images

इच्छाकामना न्युज

१६, चैत्र २०८१
लमजुङमा एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ
images

लमजुङ, चैत १७ गते । जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन् । त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार भएका थिए । आइतबार उनीहरु स्वयम् प्रहरी कार्यालयमा पुगेकोमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी बोहराले बताउनुभयो । अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको थियो ।

images
प्रकाशित मिति :चैत्र १६, २०८१ आइतवार - २३:५२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology