Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम परिवर्तन भएसँगै तनहुँमा बिरामी पनि बढ्यो

मौसम परिवर्तन भएसँगै तनहुँमा बिरामी पनि बढ्यो

images

इच्छाकामना न्युज

२०, चैत्र २०८१
मौसम परिवर्तन भएसँगै तनहुँमा बिरामी पनि बढ्यो
images

दमौली (तनहुँ), चैत २१ गते । जाडो महिना सकिएर गर्मी लाग्दै गर्दा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर तनहुँका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ  । सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर तनहुँका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।

प्रदेश अस्पताल दमौलीका अनुसार फागुनदेखि नै मौसमजन्य रुघाखोकी, भाइरल ज्वरो र घाँटी दुख्नेलगायतका समस्या लिएर बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट परिवर्तन बरालका अनुसार अस्पतालमा अहिले दैनिक चार सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये दैनिक एक सय ५० भन्दा बढी भाइरल रोगजन्य बिरामी रहेको डा.बरालले बताउनुभयो ।

‘‘मौसम परिवर्तन हुने बेलामा मौसमजन्य बिरामीको सङ्ख्या बढ्छ ।’’ उहाँले भन्नुभयो ‘‘यो क्रम अझै केही समयमा बढ्छ ।’’ बेलैमा सजगता नअपनाउने हो भने मौसमजन्य प्रकोपले ज्यानै जान सक्ने उहाँले बताउनुभयो ।

यसैगरी तनहुँकै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पनि रुघाखोकी, भाइरल ज्वरो तथा टाउको दुख्ने जस्ता सङ्क्रमणजन्य बिरामी बढेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले महिला तथा बालबालिकामा अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको बताउनुभयो ।

उहाँले मौसममा आउने परिवर्तनका कारण केही समय यस्ता बिरामीको सङ्ख्या बढ्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार जाडो सकिएर गर्मी लाग्दै गएकाले भाइरल ज्वरो, रुघाखोकीलगायतका बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । ‘‘अहिले अस्पतालमा दुई सय ५० भन्दाबढी दैनिक ओपिडीका बिरामी पुगेको छ ।’’ डा. श्रेष्ठले भन्नुभयो, ‘‘जसमा ज्वरो र रुघाखोकीका डेढ सय जति दैनिक हुन्छन ।’’ 

यस्तै दमौलीकै निजि समाधान अस्पतालमा पनि बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका डा.श्रीराम चन्द ठकुरीले जानकारी दिनुभयो । अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्नेलगायतका सुझाव–सल्लाह दिने गरेको डा.ठकुरीले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २०, २०८१ बिहिवार - २२:२७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology