Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पृथ्वीराजमार्ग विस्तारः ‘प्रिकाष्ट प्रविधिबाट’ १७ वटा पुल निर्माण पूरा

पृथ्वीराजमार्ग विस्तारः ‘प्रिकाष्ट प्रविधिबाट’ १७ वटा पुल निर्माण पूरा

images

इच्छाकामना न्युज

२५, चैत्र २०८१
पृथ्वीराजमार्ग विस्तारः ‘प्रिकाष्ट प्रविधिबाट’ १७ वटा पुल निर्माण पूरा
images

अमरराज नहर्की
तनहुँ, चैत २६ गते । 
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पूर्वीखण्डमा १७ वटा पुल निर्माण पूरा भएको छ । प्रिकाष्ट प्रविधिबाट सो सङ्ख्यामा पुल निर्माण पूरा भएको आयोजनाले जनाएको छ  ।

आयोजनाका अनुसार चीनबाट विकसित भएको यो प्रविधिबाट छिटो पुल निर्माण गर्न सकिन्छ । प्रिकाष्ट प्रविधिबाट छुट्टै निर्माण गरिएको पुलको स्लोप मिच्छाइने भएको पुल निर्माण छिटो हुन्छ ।  यस चाइनिज प्रविधिबाट अन्यभन्दा छिटो पुल निर्माण गर्न सकिन्छ । पूर्वी खण्डको ठेक्का पाएको चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर पुल निर्माण गरिएको हो । साना र ठुला गरी १७ पुल निर्माण पूरा भइसकेको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेको अनुसार मादी नदीमाथि बन्दै गरेको चार लेनको पुलको काम ६८ प्रतिशत पूरा भएको छ ।  ६६ किलोमिटर पूर्णरुपमा सम्पन्न भएको छ । पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको सो दूरीमा दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टि मिटरको गरी अन्तिम चरणको कालोपत्र गरिएको हो ।

पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७५ किलोमिटर कालोपत्रे पूरा भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा हालसम्म चार लेन र दुई लेन गरी सो दूरीमा कालोपत्रे भएको हो । इन्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७५ किलोमिटर दूरी कालोपत्रे भएको छ ।” काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो । 

पाण्डेका अनुसार दायाँ ३७ र त्यस्तै बायाँ ३७ गरी ७४ र एक किलोमिट एक तर्फी गरी ७५ किलोमिटरमध्ये ६६ किलोमिटरमा अन्तिम कालोपत्रे (डबल लेयर) सकिएको हो । 

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भइ २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । विसं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा लागेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - २२:३६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology