Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोनपा १३ को वडा कार्यालय भवनको शिलन्यास

गोनपा १३ को वडा कार्यालय भवनको शिलन्यास

images

इच्छाकामना न्युज

२५, चैत्र २०८१
गोनपा १३ को वडा कार्यालय भवनको शिलन्यास
images

गोरखा । गोरखा नगरपालिका वडा नम्वर १३ को कार्यालय भवन शिलन्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमवार एक कार्यक्रमकाबीच भवनको शिलन्यास गरेका हुन् । गण्डकी प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा भवन निर्माण हुन लागेको हो ।

कुल एक करोड २० लाखमा ठेक्का सम्झौता भएर काम अघि बढेको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । ‘गण्डकी प्रदेशले ४० लाख उपलब्ध गराउछ,’ उनले भने, ‘बाँकी वडा र नगरपालिकाले व्यहोर्छ ।’ यो बर्ष वडा र नगरको गरेर कुल ४० लाख रकम रहेको जानकारी गराउँदै उनले थपे, ‘स्रोत सुनिश्चितता गरेर नगरपालिकाले ठेक्का खुलाएको हो, त्यसैले बाँकी रकमको समस्या हुदैन ।’ भवन निर्माणको जिम्मा राजहंस कन्स्ट्रक्सनले पाएको छ । २०८२ साल चैत्र मसान्तभित्र काम सक्ने गरी सम्झौता भएको बताइएको छ ।

नयाँ बन्ने वडा कार्यालयको भवन साढे दुई तलाको हुनेछ । कुल ६ वटा कोठा रहने छन् । चार आना दुई पैसा जग्गामा भवन बन्न लागेको हो । अहिले वडा कार्यालय भाडामा संचालन भइरहेको वडाध्यक्ष मित्र कुमारी परियारले बताइन् । नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज हुने अपेक्षा उनले गरेकी छन् । कुल १४ वटा वडा रहेको गोरखा नगरपालिकामा अधिकांश वडाको आफ्नै भवन छन् । वडा नम्वर ६, ७, ८, १० र १३ वाहेक अन्य सबैको आफ्नै भवन रहेको नगरपालिकाले जनाएको छ ।

वडा नम्वर १३ को भवनको सोमवार शिलन्यास भएको छ भने वडा नम्वर ८ को ठेक्का प्रक्रिया अघि बढेको छ । वडा नम्वर ६ साविकको महिला तथा बालबालिका कार्यालयको भवनमा संचालनमा छ भने वडा नम्वर ७ को कार्यालय सामुदायिक भवनमा संचालनमा छ । वडा नम्वर १० पनि यसअघि सरकारी कार्यालय रहेको भवनमा संचालनमा छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - २२:५०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology