Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नारायणीमा बेपत्ता दिदीभाइको शव भेटियो

नारायणीमा बेपत्ता दिदीभाइको शव भेटियो

images

इच्छाकामना न्युज

२६, चैत्र २०८१
नारायणीमा बेपत्ता दिदीभाइको शव भेटियो
images

नवलपरासी । नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ । गैंडाकोट नगरपालिका-१ कुमालटोल बस्दै आएका १३ वर्षीया दीक्षा शेरपुन्जा र ९ वर्षीय स्वप्निल शेरपुन्जाको ब्रिटिस क्याम्प नजिक बुधबार दिउँसो शव फेला परेको हो ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार सशस्त्र प्रहरीको गोताखोरको टोलीले उनीहरु डुबेकै स्थानबाट शव भेटाएको हो ।

मंगलबार साँझ हजुरआमा सँगै ब्रिटिस क्याम्प गएका उनीहरु हजुरआमाको चप्पल छुटेल लिन जाँदा पानीमा डुबेर बेपत्ता भएका थिए । दीक्षा र स्वप्निल गैंडाकोटस्थित नेपाल राष्ट्रिय शम्सेर आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को वार्षिक परीक्षा दिएर बसेका थिए ।

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - २१:३५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology