Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दाउन्नेमा आजदेखि गाडी रोकेर काम, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

दाउन्नेमा आजदेखि गाडी रोकेर काम, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

images

इच्छाकामना न्युज

२६, चैत्र २०८१
दाउन्नेमा आजदेखि गाडी रोकेर काम, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
images

नवलपुर, चैत २७ गते । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । 

२०८२ बैशाख १ देखि १५ दिन राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो । सडक विभागले बाटो बन्द भएको बेला ट्रक, टिप्पर लगायत गरुङ्गा सवारी साधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने जनाएको छ । यात्रुवाहक बस, मिनी बस, जिप, कार लगायतका सवारी साधनलाई भने पूर्वमा दुम्किबास र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने छ ।

सवारी साधन नै रोकेर बाटो विस्तारको काम गर्ने भएपछि बैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारी साधनले गैँडाकोटदेखि कालिगण्डकी करिडोरको सडक र पूर्वबाट पश्चिम नारायणघाटतर्फ आउने सवारी साधानले बुटबलबाट पाल्पा हुँदै कालिगण्डकी करिडोरकै सडक प्रयोग गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो । 

गैंडाकोटदेखि पाल्पा हुँदै बुटवल जाने बाटोमा साना गाडीहरुमात्र चल्छन् । साना–ठूला सबै गाडीहरुका लागि भने नारायणघाट–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । उहाँका अनुसार अहिले पनि केही गाडीहरुले यही रुट प्रयोग गर्दैआएका छन् ।

पश्चिमतर्फबाट पूर्व जाने वा राजधानी काठमाडौंसम्म पुग्ने गाडीवालाले पनि बुटवल–पाल्पा–पोखरा–मुग्लिनको बाटो प्रयोग गर्न सक्छन् । यो बाटोमा साना–ठूला सबै प्रकारका गाडीहरु चल्छन् । तर यो रुट लामो र घुमाउरो छ । यो बाटो प्रयोग गर्ने सार्वजनिक सवारी चालकले यातायात कार्यालयबाट रुट परमिट भने लिनुपर्ने हुन्छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - २१:३८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology