Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पातपतिङ्गर सङ्कलन गर्नेलाई भिमसेन थापा गाउँपालिकाद्वारा प्रोत्सहन रकम

पातपतिङ्गर सङ्कलन गर्नेलाई भिमसेन थापा गाउँपालिकाद्वारा प्रोत्सहन रकम

images

इच्छाकामना न्युज

२६, चैत्र २०८१
पातपतिङ्गर सङ्कलन गर्नेलाई  भिमसेन थापा गाउँपालिकाद्वारा प्रोत्सहन रकम
images

गोरखा, चैत २७ गते । गोरखाको भिमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक वनमा डढेलो नियन्त्रण गर्नका लागि पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रोत्सहन स्वरुप नगद उपलब्ध गराउने भएको छ ।

पालिका भित्र रहेका जङ्गलहरुमा डढेलो नियन्त्रणका लागि गाउँपालिकाले पातपतिङ्गर सङ्कलन कार्यक्रम लागू गरी प्रोत्सहन स्वरुप नगद रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका भित्र रहेका व्यक्ति, टोलविकास संस्था, युवा क्लब, महिला समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीहरु जो कोहिले पनि समबन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयहरुसँग समन्वय गरेर पात पतिङ्गर सङ्कलन गर्नेलाई प्रति केजी दुई सय रुपियाँको दरले नगद उपलब्ध गराउने उहाँले बताउनुभयो ।

‘‘विशेष गरी गाउँपालिकाले डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित पातपतिङ्गर सङ्कलन कार्यक्रम लागू गरेका छौं’’, प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले भन्नुभयो, “सङ्कलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउनुका साथै बन डढेलोलाई पूर्णरुपमा नियन्त्रण गर्नु गाउँपालिकाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।”

सङ्कलित पातपतिङ्गर सामुदायिक बनले निश्चित ठाउँमा खाडलको व्यावस्था गरिदिन्छ, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “गाउँपालिकाले अनुगमन गरिसकेपछि मात्र जम्मा पारिएको पातपतिङ्गर खाल्डोमा भरिने काम हुन्छ ।”

पातपतिङ्गरबाट बन्ने प्राङगरिक मल बिक्रीको जिम्मा सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको हुने गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक बनको आयआर्जन बढाउन समेत सहयोग पुर्‍याउने अपेक्षा पालिकाको छ । 

पातपतिङ्गर सङ्कलन कार्यक्रमले गाउँपालिका भित्रका सामुदायिक बनमा अहिलेसम्म कतैपनि डढेलो नलागेका तथा अहिले सामुदायिक बनमा पातपतिङ्गर टिप्न स्थानियहरु सामुदायिक बनमा लर्को लाग्ने गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - २१:३८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology