गोरखा । लामो समयदेखि स्थगित रहेको पत्रकार महासंघ गोरखाको निर्वाचन आउँदो वैशाख ७ गते गर्ने निर्णय भएको छ । चैत्र २१ गते बसेको महासंघ जिल्ला कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासंघका जिल्ला सचिव बिकास मरहट्टाले बताए ।
आसन्न निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि अधिकतम प्रयास गर्ने सहमति भएको छ । मंगलवार महासंघ गोरखा शाखाको अगुवाइमा भएको शाखाका सदस्यहरु बीचको छलफलले सम्वाद, सहमति र सहकार्य गरी नयाँ नेतृत्व सर्वसम्मत चयनको प्रयास गर्ने निर्णय गरेको हो ।
‘बैशाख ७ गते निर्वाचन गर्ने निर्णय ग¥यौ,’ उनले भने, ‘चुनावलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आज सदस्यहरुबीच छलफल गरेका हौ ।’ छलफलले महासंघको गरिमा उच्च बनाउन सबै पत्रकारहरुबीच एक्यवद्धता कायम गरी अघि बढ्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।
महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा बसेको छलफलमा तोकिएको समयमा निर्वाचन हुन नसक्नुको कारण लगायत अन्य समस्याको बारेमा पनि समिक्षा गरिएको थियो ।