गोरखा । १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–५ छोप्राक धारापानीका ५० वर्षीय राजेन्द्र पोखरेललाई सो आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत सोमबार बिहान धारापानीस्थित सार्वजनिक स्थलमा बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै पीडितका आफन्तले दिएको जाहेरीका आधारमा पोखरेललाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनलाई बाल यौन दुव्र्यवहार मुद्दामा जिल्ला अदालतबाट ७ दिन म्याद थरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।