कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटारमा गमला बनाउने तालिम सुरु भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजना तथा उद्यमशिल महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा संचालित गृहणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत १५ दिनको गमला बनाउने तालिम आजदेखि सुरु भएको हो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष रुद्रप्रसाद उप्रेतिको विशिष्ट आतिथ्यतमा तालिमको उद्घाटन गरिएको हो ।