Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम मुग्लिनमा सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम मुग्लिनमा सम्पन्न

images

इच्छाकामना न्युज

२८, चैत्र २०८१
इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम मुग्लिनमा सम्पन्न
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  आर्थिक बर्ष ०८१/०८२ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई इच्छाकामना गाउँपालिका-५, स्थित थकाली समाजको सभाहल मुग्लिनमा सम्पन्न भएको हो । 490172571_10002520506445072_8780461033731409506_n.jpg
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सार्वजनिक  सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङ, वडा नम्बर ४ का वडाध्यक्ष तेज बहादुर शेरचन  लगायतले दिनुभएको थियो । 
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु,स्थानीय,राजनितिक दलका प्रतिनधिहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 490044292_10002520533111736_1241723099141876128_n.jpg
कार्यक्रममा उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य र प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२को  दोश्रो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 490010910_10002532576443865_7627873936028834388_n.jpg
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण इच्छाकामना ब्रोडकास्टिङ्ग मिडिया प्रा.लि.ले गरेको थियो । 

images
प्रकाशित मिति :चैत्र २८, २०८१ शुक्रवार - २२:१३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology