Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

डढेलो रोक्ने अभियान : गोरखामा पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन रकम

डढेलो रोक्ने अभियान : गोरखामा पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन रकम

images

इच्छाकामना न्युज

३०, चैत्र २०८१
डढेलो रोक्ने अभियान : गोरखामा पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन रकम
images

गोरखा । वनडढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न भिमसेन थापा गाउँपालिकाले पातपतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कार दिने भएको छ । प्रतिकिलो दुई रुपैयाँ उपलब्ध गराउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

गाउँपालिकाभित्रका व्यक्ति, टोल विकास संस्था, युवा क्लब, महिला समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीलाई सम्बन्धित सामुदायिक वनका उपभोक्ता समितिसँग समन्वय गरी पातपतिंगर संकलन गर्न पनि आग्रह गरिएको छ ।

गाउँपालिकाले अनुगमन गरेपश्चात् मात्र संकलनबापतको रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘संकलित पातपतिङ्गरको प्राङ्गारिक मल बनाउाछौं,’ उनले भने, ‘यसका लागि सामुदायिक वन उपभोक्ता समितिले पालिकासँग समन्वय गर्नुहुन्छ, खाल्डो खन्न पालिकाले सहजीकरण गर्छ, उत्पादित मल बेचेर आम्दानी पनि सामुदायिक वनले नै लिनुहुन्छ ।’

भीमसेन थापा गाउँपालिकामा ४० वटा सामुदायिक वन छन् । ‘डढेलो लाग्ने पातपतिङ्गरबाट नै हो, समयमै संकलन गरिदिए डढेलो लाग्नै पाउँदैन,’ उनले भने, ‘यो वर्ष नमुना कार्यक्रमका रुपमा थालनी गरेका हौं, यो सिकाइ हेरेर आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

गाउँपालिकाले यस वर्ष डढेलो नियन्त्रणका लागि चार लाख बजेट छुट्याएको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८१ आइतवार - ११:०३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology