Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एकै दिनमा ५ हजारले ऐना पहरा अवलोकन गरे

एकै दिनमा ५ हजारले ऐना पहरा अवलोकन गरे

images

इच्छाकामना न्युज

२, बैशाख २०८२
एकै दिनमा ५ हजारले ऐना पहरा अवलोकन गरे
images
आँबुखैरेनी, २ बैशाख । २०८२ साल बैैशाख १ गते सोमबार एकै दिनमा झण्डै ५ हजारले ऐना पहरा अवलोकन गरेका छन् ।
नयाँ वषको अवसरमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ मा अवस्थित ऐना पहरा पार्क घुम्न आउने आन्तरिक पर्यटकहरको घुईचो लागेको थियो ।
सोमबार ऐना पहरा स्थल १ कि.मी वरपर देखि नै चहलपहल रहेको र टिकट काउण्टरमा दिउँसो नै टिकट सकिएपछी टिकट शुल्क लिएर गेट भित्र प्रवेश गराईएको थियो ।
मनै लोभ्याउने ऐना पहरामा तनहुँ, लमजुङ्ग, गोरखा, कास्की, धादिङ्ग, चितवन, नवलपुर लगाएतका स्थानहरुबाट झण्डै ५ हजार आन्तरिक पर्यटकहरु आएका थिए ।
गाउँपालिकाले पर्यटकीय पुर्वाधार निर्माण गरेर ऐना पहरामा आकर्षक झरना, झरनासँगै रहेको बडेमानको ढुंगालाई खोपेर बनाइएको हात्ती, आमा–शिशुको मातृत्व झल्किने चित्र, परि, ढुङ्गामाथी रोकिएको भगवान बुद्धको चित्र, हरियाली, चीनको ग्रेटवालकै झल्को दिने गरी बनाइएको झरनासम्म पुग्ने बाटो र पार्क निर्माण गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - १९:३६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology