Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन

तनहुँ निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन

images

इच्छाकामना न्युज

३, बैशाख २०८२
तनहुँ निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन
images

तनहुँ, वैशाख ३ गते । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको मङ्गलबार साँझ ९३ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठ लामो समयदेखि बिरामी रहनुभएको थियो । श्रेष्ठ २००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र २०६२÷०६३ को जनआन्दोलन गरी तीन वटै आन्दोलनमा सहभागी हुनुभएको थियो । श्रेष्ठ व्यास नगरपालिकाको पूर्व वडा अध्यक्षसमेत रहनुभएको थियो । ।स्व. श्रेष्ठको बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ ।

स्वर्गीय श्रेष्ठको निधनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी,  केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली लगायतले शोक विज्ञप्तिमा दुःख व्यक्त गर्दै स्वर्गीय श्रेष्ठको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । स्वर्गीय श्रेष्ठले प्रजातन्त्र प्राप्ति र नेपाली काँग्रेस पार्टीका लागि पुर्‍याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने जनाइएको छ । 

images
प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १६:५०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology