Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेशकाे बजेट ९ महिनामा ३५ प्रतिशत खर्च

गण्डकी प्रदेशकाे बजेट ९ महिनामा ३५ प्रतिशत खर्च

images

इच्छाकामना न्युज

३, बैशाख २०८२
गण्डकी प्रदेशकाे बजेट ९ महिनामा ३५ प्रतिशत खर्च
images

लेखनाथ, वैशाख ३ गते । यो आर्थिक वर्ष अब तीन महिनामात्र बाँकी छ । नौ महिना बितिसक्दा गण्डकी सरकारको खर्च भने एक तिहाइमा खुम्चिएको छ । नौ मन्त्रालय रहेको सरकारले चैत मसान्तसम्म ३५ दशमलव चार प्रतिशत खर्च गरेको छ । सङ्घीय सरकारको खर्च यो अवधिमा २९ प्रतिशतमात्र छ । 

यो वर्ष गण्डकीको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रहेकोमा चालुतर्फ चार अर्ब ९० करोड र पुँजीगततर्फ छ अर्ब ८० करोड गरी ११ अर्ब ७० करोड ६३ लाख खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय पोखराका प्रमुख सुरेश सुवेदीले अघिल्लो आर्थिक वर्षको तुलनामा खर्च प्रतिशत बढेको र सङ्घीय अनुदानमा समेत अहिलेसम्म समस्या नरहेको उल्लेख गर्नुभयो । अघिल्लो वर्ष चैतसम्म सरकारको खर्च ३१ दशमलव तीन प्रतिशत थियो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेट एक अर्ब दुई करोड रहेकोमा २८ करोड १२ खर्च भएको छ । यो २७ दशमलव चार प्रतिशत हो । आर्थिक मामिला मन्त्रालयले २४ दशमलव तीन प्रतिशत खर्च गरेको छ । मन्त्रालयको कुल बजेट १७ करोड १४ लाख छ । उद्योग तथा पर्यटन मन्त्रालयले अहिलेसम्म १९ दशमलव चार प्रतिशतमात्र खर्च गर्न सकेको छ । मन्त्रालयको बजेट ६५ करोड १० लाख ८४ हजार छ । 

वन तथा वातावरण मन्त्रालयको खर्च अन्य मन्त्रालयको तुलनामा राम्रो देखिएको छ । ९३ करोड ६६ लाख बजेटमध्ये मन्त्रालयले ४३ करोड ३८ लाख खर्च गरेको छ । जुन ४६ दशमलव तीन प्रतिशत हो। कृषि तथा भूमी व्यवस्था मन्त्रालयका लागि यस वर्ष दुई अर्ब ९ करोड बजेट छ । नौ महिनामा मन्त्रालयले ६७ करोड ९१ लाख अर्थात् साढे ३२ दशमलव तीन प्रतिशत खर्च गरेको छ । 

प्रदेशको स्वास्थ्य मन्त्रालयले दुई अर्ब ९९ करोड ६२ लाख बजेटमध्ये ३९ प्रतिशत खर्च गरेको छ । प्रदेशको अर्काे मन्त्रालय सामाजिक विकास युवा तथा खेलकुदमा यस वर्ष दुई अर्ब ५० करोड बजेट छ। त्यसमध्ये ७९ करोड सात लाख अर्थात् ३१ दशमलव छ प्रतिशतमात्र खर्च भएको छ । 

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अहिलेसम्म चार अर्ब ६५ करोड खर्च गरेको छ । मन्त्रालयको बजेट १२ अर्ब ७० करोडमध्ये यो ३६ दशमलव छ प्रतिशत हो । ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेट चार अर्ब दुई करोडमध्ये एक अर्ब ९२ करोड खर्च भएको छ । प्रदेश सरकारमा सबैभन्दा बढी ४७ दशमलव ९ प्रतिशत खर्च गर्ने मन्त्रालय ऊर्जा बनेको छ । 

गण्डकीका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङ यो वर्ष ७० प्रतिशत हाराहारी बजेट खर्च हुने बताउनुहुन्छ । सरकारले खर्च क्षमता बढाउन कार्यविधि बनाएको उल्लेख गर्दै उहाँले सङ्घकै अनुदान घटेर आउने र प्रदेशले पनि अपेक्षित आम्दानी गर्न नसक्दा अपेक्षित खर्च गर्न कठिनाइ भएको उल्लेख गर्नुहुन्छ । सरकारका प्रवक्तासमेत रहनुभएका डा गुरुङ भन्नुहुन्छ, “यसपालि ७० प्रतिशत बजेट खर्च हुने अनुमान छ, त्यसलाई राम्रै मान्नुपर्छ । आउने वर्ष अझ बढ्छ ।”

यसपालि आन्तरिक आय पाँँच अर्ब १७ करोड हुने अनुमान गरेकोमा चैतसम्म दुई अर्ब ३४ करोड जम्मा भएको छ । गण्डकी सरकारले गत वर्ष ६६ दशमलव चार प्रतिशत बजेट खर्च गरेको थियो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा प्रदेशको दोस्रो पञ्च वर्षीय योजनाअनुरुप नयाँ बजेटको तयारी सुरु भएको बताउनुहुन्छ । 

images
प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १६:५१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology