Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

डम्पिङ्गमा गाडी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु , एक जना घाईते

डम्पिङ्गमा गाडी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु , एक जना घाईते

इच्छाकामना न्युज

३, बैशाख २०८२
डम्पिङ्गमा गाडी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु ,  एक जना घाईते
आँबुखैरेनी, ३ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, डम्पिङ्गमा तरकारी बोक्ने गाडी र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।
आँबुखैरेनीबाट मग्लिङ्ग तर्फ जादै गरेको ना. ४ च. ८३८० नम्बरको गाडी र मुग्लिङ्गबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग. १६ प. १५७० नम्बरको स्कुटर दुर्घटना एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार आँबुखैरेनी –३, का २० बर्षका रुपेश गुरुङ्ग(गेन्जी)को चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्कुटर पछाडी सवार आँबुखैरेनी –३, का १९ वर्षका रोहन मगर घाईते भएका छन । उनको बाँया खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १८:०७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology