बन्दीपुर, ६ बैशाख । बन्दीपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँ तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित भएका छन् । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाको अवसरमा उद्यमशीलता विकासका लागि सशक्त रुपमा कलम चलाए बापत उनीहरुको उचित मूल्याङकन गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभासदस्य डा.स्वर्णिम वाग्ले,कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभासदस्य डा.स्वर्णिम वाग्ले,राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ,गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान लगायतका अतिथीले रु.५१ हजार पुरस्कार राशीसहित र दोसल्ला र प्रमाणपत्रले सम्मानित गर्नुभएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र जनचाहना न्यूज डट कमका कार्यकारी सम्पादक सम्मानित भएका छन् ।
कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तीन जना पत्रकार छनोट गरि संचालक समिति समक्ष सिफारिस गरेको थियो ।
पर्यटकीय एवं सांस्कृतिकग्राम बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पत्रकारहरुलाई सामाजिक सक्तिकरणको लागि उद्यमशिलतामा प्रवद्र्धन गर्न स्थापित बन्दीपुर केवलकार “उद्यमशिल पत्रकारिता पुरस्कार” अन्तर्गत पुरस्कृत गर्न लागेको हो ।
उक्त कार्यक्रममा तनहुँ जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्ले,राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ,प्रदेश सभा सदस्य हरि बहादुर चुमानलगायतका अतिथीले पुरस्कार वितरण गर्नु भएको कम्पनीका महाप्रवन्धक डा.रोमनमान श्रेष्ठले बताउनु भयो ।
बन्दीपुरहिल गुरुयोजना नाम दिएको यस परियोजना १५ प्रतिशत हिस्सा संचालनमा आईसकेको छ । दुई वर्षभित्र समग्र बन्दीपुरहिल ६ अर्ब २८ करोडको गुरुयोजनालाई पुर्णता दिन खोजिएको गुरु योजनाका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।