Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बेँसीसहरमा द्वन्द्वकालमा राखिएको बम फेला

बेँसीसहरमा द्वन्द्वकालमा राखिएको बम फेला

images

इच्छाकामना न्युज

६, बैशाख २०८२
बेँसीसहरमा द्वन्द्वकालमा राखिएको बम फेला
images

लमजुङ, वैशाख ६ गते। लममजुङ सदरमुकाम बेँसीसहरमा द्वन्द्वकालमा राखिएको बम फेला परेको छ। सडक खन्ने क्रममा जमिनमा गाडिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यलय लमजुङदेखि अगाडि एक सय मिटर तल पूर्वतर्फ सडक विस्तारका लागि जेसिवीले बाटो खन्ने क्रममा जमिनमा गाडिएको अवस्थामा पाइप बम फेला परेको हो।

अन्दाजी तीन फिट लामो करिब दुई इन्च गोलाइको जिआई पाइपमा दुई वटा तार जडित शङ्कास्पद वस्तु फेला परेको र अनुसन्धान गर्दा पाइप बम रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताउनुभयो।

शुक्रबार साँझ फेला परेको बम डिस्पोेजको लागि बेँसीसहर–८ मलामीचौरको मझुवाखोला र मर्स्याङ्दी नदीको किनारमा लगिए पनि अँध्यारोका कारण उक्त वस्तुलाई त्यही सुरक्षित राखिएको थियो।

शनिबार बिहान चण्डीप्रसाद गण उदिपुरबाट आएको बम डिस्पोजल टोलीले पाइप बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

सो पाइप बम निकै पुरानो रहेकोले द्वन्द्वकालको समयमा नै गाडिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक रमेश बोहोराले बताउनुभयो।

images
प्रकाशित मिति :बैशाख ६, २०८२ शनिवार - २२:५९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology