Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा बुवाको काजकिरिया छोरीले गरिन्

तनहुँमा बुवाको काजकिरिया छोरीले गरिन्

images

इच्छाकामना न्युज

६, बैशाख २०८२
तनहुँमा बुवाको काजकिरिया छोरीले गरिन्
images

तनहुँ, वैशाख ६ गते । छोरी किरियामा बस्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई तोड्दै तनहुँको दुई महिला किरिया बस्नु भएको छ ।

छोराले मात्र दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै व्यास नगरपालिका–२ सत्यवतीलाइन, दमौलीकी प्रतिक्षा पन्थ र सुमिक्षा पन्थ  बुबाको किरियामा बस्नु भएको हो । बुबा प्रकाशराज पन्थको  चैत २८ गते निधन भएपछि उहाँ किरिया बसिरहनु भएको छ । 

प्रतिक्षाले भन्नुभयो, “छोरा र छोरी दुवै बराबरी भएकाले बुबालाई दागबत्ती दिनको साथै किरियामा बसेको हुँ ।” सामाजिक रुपमा रहेको कुसंस्कारलाई हिम्मतले मात्र परिवर्तन गर्न सकिने हुँदा किरियामा बसेको प्रतिक्षाले बताउनुभयो । स्वर्गीय प्रकाशको ठुलो दाजु अशोक पन्थ पनि किरियामा बस्नु भएको छ । ठुलो बुबा किरियामा बसेपछि छोरी बस्न पर्दैन भने पनि छोरीको पनि छोरासरह कर्तव्य हुने भएकाले किरियामा बसेको प्रतिक्षा बताउनुहुन्छ । सुमिक्षा पन्थ किरिया बसेकै बेला महिनाबारी भएकोले उहाँको कर्म रोकिन पुगेको छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०८२ शनिवार - २३:००:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology