Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भानुमा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

भानुमा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

images

इच्छाकामना न्युज

७, बैशाख २०८२
भानुमा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु,  १० जना घाइते
images

भानु, वैशाख ७ गते। डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१०, नेपालीडाँडामा माइक्रोबस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।

आइतबार मध्यान्ह पौने १२ बजे तनहुँको डुम्रेबाट लमजुङतर्फ आइरहेको बा २ ख ४०२२ नम्बरको हाइस माइक्रोेबसले बेसीसहरबाट गइरहेको ग २६ प ४०५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अन्दाजी ३५ वर्षीय अनिता थापा श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा माइक्रोमा सवार मनाङको नासों गाउँपालिका ताचै स्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते घलेको सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रहरीका अनुसार स्कुटर चालक अन्दाजी ४० बर्षीय सुरेश श्रेष्ठ गम्भिर घाइते हुनुभएको छ। उहाँलाई भोटेवडार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ। घाइते ७ जनाको भोटेवडार अस्पतालमा उपचार भइरहेको र तीन जनालाई चितवन लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :बैशाख ७, २०८२ आइतवार - २३:५७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology