Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नरेन्द्र ढकालको नेतृत्वमा पत्रकार महासंघ गोरखा सर्वसम्मत चयन

नरेन्द्र ढकालको नेतृत्वमा पत्रकार महासंघ गोरखा सर्वसम्मत चयन

images

इच्छाकामना न्युज

८, बैशाख २०८२
नरेन्द्र ढकालको नेतृत्वमा पत्रकार महासंघ गोरखा सर्वसम्मत चयन
images

गोरखा । लामो समयदेखि स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघ गोरखाको सातौँ अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट नरेन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विकास मरहट्टा, महिला उपाध्यक्षमा अस्मिता सिंखडा र सचिवमा सुजन न्यौपाने चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा गुणबहादुर रोका, सह–सचिवमा मोहसिन अलि मियाँ र सह–सचिव समावेशीमा दानबहादुर गुरुङ चयन भएका छन् ।
सदस्यतर्फ आदिवासी जनजातितर्फबाट बिबर गुरुङ चयन भएका छन् भने समावेशी सदस्यतर्फ संगिता चेपाङ चयन भएको महासंघ गोरखाले जनाएको छ । यसैगरी अन्य सदस्यहरुमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदिप श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीको भनाई छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - ००:१७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology