Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

शैक्षिक आन्दोलनबाट घर फर्किएका शिक्षकको दुर्घटनामा परी निधन

शैक्षिक आन्दोलनबाट घर फर्किएका शिक्षकको दुर्घटनामा परी निधन

images

इच्छाकामना न्युज

८, बैशाख २०८२
शैक्षिक आन्दोलनबाट घर फर्किएका शिक्षकको दुर्घटनामा परी निधन
images

मनाङ, वैशाख ८ गते । शिक्षक आन्दोलनमा आएका मनाङको एक शिक्षकको सवारी दुर्घटनामा परी निधन भएको छ । मनाङ जिल्ला नासोँ गाउँपालिका–८ ताचै निवासी मन घलेको निधन भएको हो । माइक्रो बसमा सवार गम्भीर घाइते घलेको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घले ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक महासङ्घ मनाङको सदस्य हुनुभएको थियो । शिक्षक आन्दोलन २०८२ को १८औं दिनसम्म सहभागी भई यही ७ गते आइतबार काठमाडौँबाट मनाङ फर्कने क्रममा तनहुँमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

आन्दोलनरत शिक्षक महासङ्घले घलेलाई शैक्षिक सहिद घोषणा गर्न माग गरेका छन् । साथै आश्रित परिवारको शिक्षादीक्षा, पालनपोषण र तत्कालीन राहतका लागि महासङ्घले आर्थिक सङ्कलन अभियान आरम्भ गर्न अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १८:१४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology