Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्रे सुरु

अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्रे सुरु

images

इच्छाकामना न्युज

८, बैशाख २०८२
अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्रे सुरु
images

गोरखा, वैशाख ८ गते । गोरखाको भिमसेन थापा गाउँपालिकादेखि आरुघाटसम्म पुग्ने अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्र सुरु भएको छ । भिमसेन थापा गाउँपालिकाको सिमानादेखि आरुघाट गाउँपालिकासम्म पुग्ने झण्डै ३ किलोमिटर सडक धेरै लामो समयपछि कालोपत्रे सुरु भएको हो ।  

निकै लामो समय पछि कच्ची बाटो भएर सडक यात्रा गर्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै सङ्घीय सरकारको बजेटमा गोरखा सडक योजना कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न सुरु गरेको हो ।

कालोपत्रे सुरु भएपछि अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट हुँदै धादिङको सल्यानटारका स्थानीयलाई गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुने भएको छ । धेरै समयको प्रयासपछि अहिले आएर कालोपत्रे सुरु भएको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो ।

सडक कालोपत्रे योजनाका लागि निर कम्पनीसँग २०८१ साल माघ १० गते सम्झौता भएर काम अघि बढेको गोरखा सडक योजना कार्यालय गोरखाका इन्जिनियर श्यामसुन्दर पौडेलले जानकारी दिनुभयो । २०८२ साल असार ३० गते सम्पन्न गर्नुपर्ने समय सीमा भित्र निर्माण कम्पनीले २०८२ साल जेठ महिनाको अन्तिमसम्म सम्पन्न हुने गरी काम  अघि बढाइएको उहाँको भनाइ छ । 

झिङ्गतेदेखि आरुघाट हुँदै धादिङसम्म पुग्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपुर्ण यात्रा गर्दै आएका स्थानीयहरू खुसी भएका छन् । सडक कालोपत्रे भएपछि ४५ मिनेटमा गोरखा सदरमुकामसम्म पुगिने भएको छ । स्थानीय जनप्रतिनिधि सहितको टोलीले सडक कालोपत्रेको माग गर्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको अध्यक्ष लोकप्रसाद बञ्जराको भनाइ छ । 

गोरखा सडक योजना कार्यालय गोरखाको २ करोड ९९ लाख ९९ हजार रुपियाँमा गोरखा सडक योजना गोरखा र निर्माण कम्पनीबिच ३ किलो मिटर सडक कालोपत्रे र एक साइडमा नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ । बाटोको ८ मिटर चौडाई र ३ किलोमिटर लम्बाई, सब वेश, सब ग्रेड फाइनल भएकाले समय सीमा भित्र १ महिना अघि नै कालो पत्रे सम्पन्न हुने विश्वास लिएको गोरखा सडक योजना कार्यालय गोरखाका इन्जिनियर श्यामसुन्दर पौडेलले बताउनुभयो ।  

images
प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १८:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology