Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

इच्छाकामना न्युज

९, बैशाख २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

धनुषा, वैशाख ९ गते । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।

images

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले सुशिल साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको विष सेवनबाट मृत्यु भएको छ भने उहाँको ३० वर्षीया श्रीमती बबिता साहको अवस्था गम्भीर रहेको बताउनुभयो ।

विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बबिताले सोमबार साँझ करिब ६ः४० बजे तीन सन्तानलाई विष खुवाएर र त्यसपछि आफैँले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका आधारमा पारिवारिक तनाव वा मानसिक समस्याले बबिताले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरिरहेको बताउँदै प्रवक्ता सिंहले घटनासम्बन्धी थप अनुसन्धान भइरहेकोे बताउनुभयो । घटनापश्चान गाउँ शोकमा डुबेको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - १८:२०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology