Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बैंकिङ कसुरमा फरार सूचीमा रहेका गोरखाका घिमिरे पक्राउ

बैंकिङ कसुरमा फरार सूचीमा रहेका गोरखाका घिमिरे पक्राउ

images

इच्छाकामना न्युज

१०, बैशाख २०८२
बैंकिङ कसुरमा फरार सूचीमा रहेका गोरखाका घिमिरे पक्राउ
images

गोरखा — उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र २ लाख ८० हजार ८ सय ४० रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका गण्डकी गाउँपालिका–१ का ईश्वर घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७७ फागुन ११ को अदालतको फेसलाले उनलाई कैद र जरिवानासहित पीडित राहत कोषमा ११ हजार ई सय ३३ रुपैयाँ ७६ पैसा जम्मा गर्नुपर्ने ठहर गरेको थियो ।

घिमिरेलाई मंगलबार जिल्ला अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए । अदालतको आदेशले घिमिरेलाई कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय गोरखा पठाइएको छ ।

जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेको प्रतिवादी पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले फैसला कार्यान्वयन विशेष टोली गठन गरी परिचालन गरेको छ ।

वैशाखमा मात्र ७ जना फरार अभियुक्त पक्राउ गरिएको शर्माले बताए । ७ जनाबाट १ महिना ५ दिन कैद र ८ लाख ३७ हजार २ सय ७५ हजार रुपैयाँ जरिवाना असुलउपर भएको पनि उनले बताए ।

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १७:०९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology