Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण

गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण

images

इच्छाकामना न्युज

११, बैशाख २०८२
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण
images

तनहुँ, वैशाख ११ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीको बिहीबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई कुनै जानकारी नदिइ अस्पताल पुग्नुभएका मन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका बारेमा जानकारी लिनुभयो । मन्त्री पाठक बिरामी र कुरुवा भेट गरी चिकित्सक र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा सेवाग्राहीसँग जिज्ञासा राख्नुभयो । अस्पतालको बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, प्रस्तुती सेवा, सुरक्षित गर्भपत सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निःशुल्क औषधि लगायतको अनुगमन गर्नुभयो । 

मन्त्री पाठकले जिम्मेवारीमा रहेका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधिको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राख्नुभयो । मन्त्री पाठकले मेडिकल सुपरिटेण्डन्ट डा।परिवर्तन बराललाई भेट गरी सेवाग्राहीका गुनासा कम आउने गरी थप व्यवस्थित गरेर काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री पाठकले १५ शैय्याबाट ५० शैय्या बनाउने निर्णय गरिएको जानकारी दिँदै अस्पतालका हाल रहेका भवन पुराना जीर्ण रहेकोले पुर्नििनर्माण तथा नयाँ भवन शिलान्यको कार्यक्रम तुरुन्त सुरुवात गर्ने जानकारी दिनुभयो । 

मन्त्री पाठकले भन्नुभयो, "स्वास्थ्य सेवाको स्तर उन्नतिको लागि प्रतिबद्ध भएकोले गण्डकी प्रदेशका १३ अस्तपालको स्तरोउन्नती गरिएको छ ।"  मेसु डा. बरालले अस्पताललाई आवश्यक भौतिक पूर्वाधार निर्माण आवश्यक जनशक्ति तथा प्राविधिक सामग्रीहरूहरुको लागि आगामी दिनमा आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १८:५०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology