Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

 गोरखाका विभिन्न आठ पालिकाहरुमा वाईसिएलको नयाँ नेतृत्व

 गोरखाका विभिन्न आठ पालिकाहरुमा वाईसिएलको नयाँ नेतृत्व

images

इच्छाकामना न्युज

११, बैशाख २०८२
 गोरखाका विभिन्न आठ पालिकाहरुमा वाईसिएलको नयाँ नेतृत्व
images

 गोरखा । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) गोरखाले विभिन्न आठ पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । वाइसिएलले बुधबार भिमसेन थापा गाउँपालिकामा र गोरखा नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । वाईसिएलको राष्ट्रिय सम्मेलन अन्तरगत बुधबार भएको सम्मेलनले गोरखा नगरपालिकामा सुवास तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

यस्तै नविन लामिछानेको नेतृत्वमा भिमसेन थापा गाउँपालिकामा नयाँ कार्यसमिति गठन गरिएको वाईसिएलका जिल्ला अध्यक्ष सागर श्रेष्ठले बताए । यसअघि गण्डकी गाउँपालिकामा एकबहादुर गुरुङ, सहिद लखन गाउँपालिकामा सञ्जय राना र धार्चे गाउँपालिकामा छवि गुरुङको नेतृत्वमा कमिटि गठन गरिएको उनले जानकारी दिए ।

बारपाक सुलिकोट गाउँपालिकामा यम गुरुङ, सिरानचोक गाउँपालिकामा रोशन बि.क र अजिरकोट गाउँपालिका वाईसिएलको अध्यक्षमा रामशरण अधिकारी चयन भएका छन् । बाँकी रहेको पालुङटार नगरपालिकामा आगामि बैशाख १३ गते गर्ने तयारी रहेको वाईसिएल जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।

आरुघाट गाउँपालिकामा बैशाख १८ गते सम्मेलन गर्ने टुङ्गो लागेको उनले बताए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पनि बैशाख २० गते भित्रै सम्मेलन सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १९:२२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology