Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

१२, बैशाख २०८२
चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
images

चितवन बैशाख १२ं । चितवनमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित इन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवन अनुसार शुक्रबार दिउँसो साढे एक बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्ती चोकमा गितानगरबाट भरतपुर तर्फ अण्डा लिएर गइरहेको ना ५ च २६४४ नम्बरको बलेरोले सोही दिशा तर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट स्कुटरमा सवार वाग्ले गम्भीर घाइते भएकी थिइन् । प्रहरीले उनलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

दुबै सवारी साधान र मकवानपुरको मनहरी गाउँपालिका ६का २५ वर्षिय बोलेरो चालक पेमा लामालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

images
प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - २२:४४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology