Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार

युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार

इच्छाकामना न्युज

१२, बैशाख २०८२
युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार

युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्नका लागि तयार भएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

images

यद्यपि विदेशमन्त्री लाभरोभले केही तत्त्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजसँग कुरा गर्दै उहाँले अमेरिकाका राष्ट्रपतिले विश्वास गरेका र आफूहरू सही दिशामा अघि बढिरहेको बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति पुटिनलाई भेटेर उहाँसँग वार्ता गर्नसक्ने खबरमा उल्लेख छ ।

यहीबीचमा युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्स्कोले रुससँगको कुनै पनि शान्ति सम्झौताको भागका रूपमा देशले आफ्नो भू–भाग त्याग्नुपर्ने हुनसक्ने सुझाव दिनुभएको छ । आफ्नो भू–भाग त्याग्नु उचित नभएको तर शान्तिका लागि सायद यो समाधान हुनसक्ने उहाँको भनाइ छ । किभका मेयर र जेलेन्स्की एकअर्काका राजनीतिक विरोधी हुन् ।

यस्तै मस्कोमा कार बम आक्रमणमा एक वरिष्ठ रुसी जनरलको ज्यान गएको रुसी अधिकारीहरूले पुष्टि गरेका छन् । यसैगरी युक्रेनमा पछिल्लो रुसी ड्रोन आक्रमणमा तीन जनाको ज्यान गएको छ 

images
प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - २२:५५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology