Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

ठेक्का अवधिभन्दा चार महिनाअघि नै बन्यो पुल

ठेक्का अवधिभन्दा चार महिनाअघि नै बन्यो पुल

images

इच्छाकामना न्युज

१३, बैशाख २०८२
ठेक्का अवधिभन्दा चार महिनाअघि नै बन्यो पुल
images

तनहुँ, वैशाख १३ गते । तनहुँको व्यास नगरपालिकास्थित बुल्दीखोलामा ठेक्का अवधिभन्दा चार महिनाअघि नै पुल निर्माण सम्पन्न भएको छ । ज्वालामुखी कन्स्ट्रक्सनले तीव्र गतिमा काम गरेर पुल निर्माण सम्पन्न गरेको हो । 

पुल निर्माण भएसँगै उपभोक्ता खुसी भएका छन् । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो तर सम्झौताभन्दा चार महिनाअघि पुल सम्पन्न गरेको व्यास नगरपालिकाले जनाएको छ । 

वैशाखदेखि पुल निर्माण काम सुरु गरी एक वर्षभित्र सम्पन्न गर्न सकिएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि कराङकाठ, बसपार्क जाने सडकमा  निर्माणाधीन पुल सम्पन्न भएको हो । निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्वपूर्ण तरिकाबाट निर्धारित समयभन्दाअघि काम पूरा गरेर प्रशंसनीय काम गरेको व्यास नगरपालिकका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । समय अवधिअघि गुणस्तरीय निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत छ करोड ११ लाख ३२४ रुपियाँ बजेट विनियोजन भएको थियो । पुलको २५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको रहेको छ ।    

images
प्रकाशित मिति :बैशाख १३, २०८२ शनिवार - २२:४८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology