Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा बालभिटा खुवाउन सुरु

तनहुँमा बालभिटा खुवाउन सुरु

images

इच्छाकामना न्युज

१४, बैशाख २०८२
तनहुँमा बालभिटा खुवाउन सुरु
images

तनहुँ, वैशाख १४ गते । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि तनहुँमा यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ । 

बालबालिकाको पोषणमा ध्यान दिन पहिलो पटक तनहुँ जिल्लाभरि बालभिटा खुवाउन थालिएको प्रदेश स्वास्थ्य कार्यालय तनहुँले  जनाएको छ । कार्यालयका अनुसार शनिबारदेखि जिल्लाको १० वटै स्थानीय तहमा बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालिएको छ । 

छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हरेक छ महिनाको अन्तरालमा दैनिक एक प्याकेटका दरले ६० प्याकेट बहुसूक्ष्म पोषक तत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनु पर्छ  । बालभिटामा आइरनलगायत खनिज तत्व उपलब्ध हुने भएकाले रक्तअल्पता हुनबाट जोगाउने स्वास्थ्यकर्मी बताउँछन् ।  प्रदेश स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार बालबालिकालाई आवश्यक पर्ने १५ विभिन्न भिटामिन ‘ए’ र आइरनलगायतका खनिज तत्वहरू उपलब्ध हुने र जसले गर्दा शारीरिक वृद्धि, मानसिक र सामाजिक विकास हुन्छ । बालभिटा खुवाएका बालबालिकालाई नखुवाएको बालबालिकाका तुलनामा कम रोग लाग्ने चिकित्सकको भनाइ छ । अधिकारीले भन्नुभयो, “बालभिटा खुवाउँदा बच्चाको दिमागको विकास, शरीरको वृद्धि विकास, रोगसँग लड्ने क्षमताको विकास, खाना खाने रुचिमा वृद्धि, रक्तअल्पता तथा अन्य सूक्ष्म पोषक तत्वको कमीले हुने विकृति कुपोषणबाट जोगाउँछ ।”

सात हजार ७९९ बालबालिकालाई खुवाउने लक्ष्य निर्धारण गरिएको कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार भानु नगरपालिकामा एक हजार २९, व्यास नगरपालिकामा दुई हजार दुई, म्याग्दे गाउँपालिकामा ५८५, शुक्लागण्डकी नगरपालिकामा एक हजार ११७, भीमाद नगरपालिकामा ७०१, घिरिङ गाउँपालिकामा ३२२, ऋषिङ गाउँपालिकामा ३९६, देवघाट गाउँपालिकामा ३४८, बन्दीपुर गाउँपालिकामा ४४३ र आँबुखैरेनी गाउँपालिकामा ५५६ बालबालिकालाई बालभिटा खुवाइने छ । बालबालिकालाई छ महिनादेखि दुई वर्षसम्म बालभिटा खुवाइने भएपछि बच्चाका आमाहरूले बालभिटालाई बच्चाको खानामा मिसाएर खुवाउने गरेका छन् । बालभिटा १५ प्रकारका भिटामिन तथा खनिज तत्वको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ । बालभिटा खानामा मिसाएर खुवाइन्छ । बालभिटा छ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउनु पर्छ । बालभिटा घरमा तयार पारिएका खानेकुरा जाउलो, लिटो, मिचिएको दाल, भातमा सजिलैसँग मिसाएर खुवाउन सकिन्छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - ११:५८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology