Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

images

इच्छाकामना न्युज

१५, बैशाख २०८२
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते
images

गोरखा, बैशाख १५ गते । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सहिद लखन गाउँपालिका – १ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ भने पालुङटार नगरपालिकाका – ७ का ५० वर्षीय सुक माया आले र उहाँकी बुहारी १८ वर्षीय बिपना आले गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार बेलुका ८ः ५० बजे राती घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते हुनु भएका उहाँले बताउनुभयो । सहिद लखन गाउँपालिकाका खनाललाई इलाका प्रहरी कार्यालय मनकामनाको प्रहरी टोली र स्थानीयले गोरखा अस्पतालसम्म पुर्‍याएको प्रहरी निरीक्षक शर्माको भनाई छ ।

चट्याङ लागेर बेहोस हुनु भएका खनाललाई गोरखा अस्पतालमा उपचारको क्रममा राती १२ ४० बजे चिकित्सकले मृतक घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख वासुदेव पाठकले बताउनुभयो । मृतक खनालको शब पोस्टमार्टमको लागि शब गृहमा राखिएको प्रहरी प्रमुख पाठकको भनाई छ ।

चट्याङमा परी पालुङटार – ७ का सुक माया आले र उनकी बुहारी बिपनालाई थप उपचारको लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको बताइएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - २३:०९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology