Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा एक पुरुषको शव फेला

गोरखामा एक पुरुषको शव फेला

images

इच्छाकामना न्युज

१५, बैशाख २०८२
गोरखामा एक पुरुषको शव फेला
images

गोरखा, वैशाख १५ गते । जिल्लाको गोरखा नगरपालिका–११ स्थित प्रन्ध किलोमा एक पुरुषको शव फेला परेको छ । फेला परेको शव बारपाक सुलीकोट गाउँपालिका–४ स्थित सौरपानीका ३० वर्षीया प्रेम गुरुङको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वैशाख ११ गते बिहान ९ बजे एक्कासी घरबाट हराएका गुरुङको सोमबर बिहान दिउँसो १० : ३० बजे ४ दिनपछि गोरखा नगरपालिका–११ स्थित चारकुने जङ्गलमा शव फेला परेको उहाँले बताउनुभयो । गोरखा नगरपालिका चारकुने जङ्गलमा गुरुङको शव फेला पारेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले जानकारी पाए लगत्तै प्रहरी टोली घट्नास्थल पुगी युवा गुरुङको साथबाट परिचयपत्र फेला परेकाले मृतक गुरुङको आफन्त सम्पर्कमा ल्याउन सहज भएको प्रहीको भनाइ छ । परिवारको रोहवरमा शव मुचुल्कापछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - २३:१२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology