गोरखा । गोरखाका एसपी बासुदेव पाठकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमवार एक सूचना जारी गर्दै पाठकसहित ६३ एसपीहरुको सरुवा गरेको हो ।
पाठकको मधेश प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा जनकपुर दरवन्दी रहने गरी सरुवा भएपनि उनी काजमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग काठमाडौै खटिने छन् ।
गोरखाको नयाँ एसपीको रुपमा भरतबहादुर बिक आउने भएका छन् ।
उनी यसअघि नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए ।