Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको गण्डकीमा फेला परेको ९.५ फिट लामो अजिङ्गरलाई उद्धार गरि चितवनमा छाडियो

गोरखाको गण्डकीमा फेला परेको ९.५ फिट लामो अजिङ्गरलाई उद्धार गरि चितवनमा छाडियो

images

इच्छाकामना न्युज

१७, बैशाख २०८२
गोरखाको गण्डकीमा फेला परेको ९.५ फिट लामो अजिङ्गरलाई उद्धार गरि चितवनमा छाडियो
images

गोरखा, १७ वैशाख । गोरखाको गण्डकी गाउँपालिका ६ स्थित केराबारी सामुदायिक बनमा फेला परेको अजिङ्गगरलाई उद्धार गरि सुरक्षित स्थानमा छाडिएको छ । आज बुधबार  सकुशल उद्वार गरि चितवनको सामुदायिक बनमा छाडिएको हो । 
९.५ फिट लामो उक्त अजिङ्गर बर्मिज पाइथन प्रजातिका रहेको सब डिभिजन बन कार्यालय घ्यालचोका कार्यालय प्रमुख बन अधिकृत रबि आनन्द गोपालीले जानकारी दिनुभयो ।   
उहाँका अनुसार स्थानीयले अजिङ्गगर देखेपछि सब डिजिन बन कार्यालय घ्याल्चोकमा खबर गरेका थिए । वडाध्यक्ष तूल बहादुर गुरुङ,केराबारी सामुदायिक बनका अध्यक्ष भूपालसिङ थापा मग, सचिव आयुस चेपाङ, बन रक्षक ललित रिमाल र  भुम्लिचोक प्रहरी चौकीमा कार्यरत राम देब चौधरीको रहोवरमा उद्वार गरि चितवनको सामुदायिक जङ्गलमा छाडिएको बन अधिकृत गोपालीले बताउनुभयो । अजिङ्गर अन्दाजी १६ केजी तौलको रहेको बताइएको छ । 

7397c126-a271-4498-8f11-d4e42a52cfae1746004121.jpg


 

images
प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - १८:५४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology