Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी

चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी

एजेन्सी

२०, बैशाख २०८२
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
images

सान्टियागो । दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान सुनामीको चेतावनी जारी गरेका छन् ।

images
images

अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो ।

‘कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सु्रक्षित स्थलमा जानुहोला,” चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ ।

राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गर्नुभएको छ । चिलीको नेसनल सिस्मोलोजिकल सेन्टरले ७.५ म्याग्निच्यूडभन्दा केही तल ७.४ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

स्थानीय समयानुसार बिहान ९ः५८ बजे भूकम्प गएको थियो भनेृ त्यसपछि कैयौँ साना पराकम्पनहरू पनि रेकर्ड गरिएको थियो । दक्षिण अमेरिकाको दक्षिणी टुप्पोमा अवस्थित म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ ।

अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भनेको छ, ‘भूकम्पको धक्का मुख्यतया उसुइया शहर र केही हदसम्म टिएरा प्रान्तका अन्य शहरहरूमा महसुस गरिएको थियो ।’

‘भूकम्पका कारण भौतिक क्षति वा मानिस प्रभावित भएको खबर तत्काल प्राप्त भएको छैन’ विज्ञप्तिमा भनिएको छ । चिली भूकम्पबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो ।

नाज्का, दक्षिण अमेरिकी, र अन्टार्कटिसहितका तीन टेक्टोनिक प्लेटहरू यसको क्षेत्रभित्र समाहित छन् । सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो र यसका कारण कम्तीमा नौ हजार ५०० व्यक्तिको मृत्यु भएको थियो । उक्त भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ ।

सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८.८ म्याग्नीच्यूडको भूकम्पमा परी ५२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २०, २०८२ शनिवार - ०८:५५:५० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology