आँबुखैरेनी, २१ बैशाख । तनहुँको आँबुखैरेनीमा ३ दिने तमु भाषा/ खेमा लिपी सम्बन्धि तालिम संचालन भएको छ ।
“प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ भन्ने मूल नाराका साथ तमु ह्युल छोंज दी गुरुङ्ग राष्ट्रिय परिषद आँबुखैरेनीको आयोजनामा आँबुखैरेनी –३, स्थित आँबुखैरेनी तमु समाजको भवनमा तमु भाषा/ खेमा लिपी सम्बन्धि तालिम संचालन भएको हो ।
तमु भाषा/ खेमा लिपी तालिमको एक कार्यक्रमकाबीच गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले उद्घाटन गर्नुभएको थियो ।
गुरुङ जातीको भाषा/ खेमा लिपीको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले मातृभाषाको प्राथमिकरण आधार अन्तर्गत अक्षर र अंक चिनाउन ३ दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको तमु ह्युल छोंज दी गुरुङ्ग राष्ट्रिय परिषद आँबुखैरेनीका अध्यक्ष पूर्ण बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
तमु ह्युल छोंज दी गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य गिरमान गुरुङ्गले प्रशिक्षण गर्नुभएको उक्त तालिममा पालिका भित्र रहेका ६ वटा वडाहरुबाट २५ जनाको सहभागिता रहेको छ ।