Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै

तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै

images

इच्छाकामना न्युज

२१, बैशाख २०८२
तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै
images

हेटौँडा, वैशाख २१ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार साँझसम्म फेला नपरेको हो ।

घटनास्थलको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र १७ नं. वडाध्यक्ष उद्धव सत्यालले स्थलगत अनुगमन पनि गर्नुभएको छ । स्थलगत अनुगमन पश्चात् विपद्को बैठक बसेर भूगर्भविद् ल्याएर अध्ययन अनुसन्धान गर्ने तयारी गरिएको छ । गाडीको खोजलाई निरन्तरता दिँदै गाडी भासिएको विषयमा खोज अध्ययन गर्ने तयारी गरिएको हो ।

नजिकै बोरिङ भएकाले घटना भएको हुन सक्ने पनि उपप्रमुख बानियाले अनुमान गर्नुभयो । अनुसन्धान गर्न सरोकारवाला निकायमा पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको थियो ।

रोकिराखेको ठाउँमा एक्कासी सडक भासिँदा ना. ४ च. ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि हराएको थियो । गाडी भासिएको सडक दायाँबायाँ माछा पालन गरिएको पोखरी र बोरिङसमेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । पानीमा भासिएको गाडी अझैँ देखिएको छैन । निरन्तर पानी निकाल्दै गाडी खोजी कार्य भइरहे पनि गाडी अझै फेला परेको छैन ।

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - २१:५७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology