Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कोरोनामा बन्द पर्यटक जाँच केन्द्र सञ्चालनमा

कोरोनामा बन्द पर्यटक जाँच केन्द्र सञ्चालनमा

images

इच्छाकामना न्युज

२१, बैशाख २०८२
कोरोनामा बन्द पर्यटक जाँच केन्द्र सञ्चालनमा
images

गोरखा । कोरोना महामारीका बेला बन्द भएको चुमनुब्री–३ जगतको पर्यटक जाँच केन्द्र पुनः सुरु भएको छ । वैशाख ५ गतेबाट जगतमा पर्यटक तथा वनपैदावार चेकपोस्ट सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले बताए । ‘कोरोनापछि बन्द थियो, जगतमा हुने पर्यटक जाँच फिलिमको कार्यालयबाट गर्दै आएका थियौं,’ उनले भने, ‘आन्तरिक र केहि कर्मचारी थप गरेर पुनः जगतबाटै सेवा सुरु गरेका हौं ।’

मनास्लु क्षेत्र प्रवेश हुने जगतमा नै पर्यटक जाँच गर्दा सहज बनेको उनले बताए । लार्के सडकको ट्रयाक पाङसिङसम्म खुलेसँगै पर्यटक सोही बाटो भएर चुम र नुब्री पुग्ने गरेका छन् । जगतको कार्यालय पाङसिङ पारि फिलिममा रहेको छ ।

जगतको जाँच केन्द्रबाट अध्यागमन तथा मनास्लु क्षेत्र प्रवेश गर्ने परमिटलगायतको जाँच हुनेछ । ‘ड्रोन, क्यामेरा वा छायांकन गर्ने भए अनुमति लिए/नलिएको पनि जगतबाटै जाँच हुन्छ,’ उनले भने, ‘जडीबुटी संकलनपछि पुर्जी रहे नरहेको पनि निगरानी यहीँबाट गर्छौं ।’

एमक्यापले वैशाख अन्तिमसम्म चुमनुब्री–१ सामागाउँमा पनि पर्यटक जाँच केन्द्र स्थापनाको तयारी गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - २२:०४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology