Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्यामा भारी गिरावट

चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्यामा भारी गिरावट

इच्छाकामना न्युज

२१, बैशाख २०८२
चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्यामा भारी गिरावट

चितवन, बैशाख २१ । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०/८१ चैत महिनाको तुलनामा चालु आव २०८१/८२ चैतसम्म चितवन निकुञ्ज घुम्न आउने पर्यटक ३७ प्रतिशतले कमी आएको देखिएको छ । निकुञ्जका अनुसार गत आव चैतसम्म २ लाख ५० हजार ३ सय ६७ आन्तरिक तथा वाह्य पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

images

चालु आव चैत मसान्तसम्म भने १ लाख ८२ हजार २ सय २७ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए । उनका अनुसार चालु आव चैतसम्म ९२ हजार ८ सय ९० नेपाली, सार्कका १६ हजार ७ सय ९८ र तेस्रो देशका ७२ हजार ५ सय ३९ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । गत आव चैतसम्म १ लाख ५० हजार नेपाली, २३ हजार ६ सय ३८ सार्कका र ७५ हजार ९ सय ४४ तेस्रो मुलुकका पर्यटकले निकुञ्ज घुमेका थिए ।

प्रमुख संरक्षण अधिकृत पन्तले निकुञ्जमा आफूहरू धेरै भीड बढाउने पक्षमा नभएको बताए । उनले निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्या र सफारी गर्ने जिप संख्यामा कमी आउँदा पर्यटकसँगै राजस्व घटेको भने बताए । पर्यटक र राजस्व लक्ष्य यति नै भन्ने नहुने भन्दै पन्तले गुणस्तरीय पर्यटकमा जोड दिइएको बताए । उनले आफूहरूको ध्यान संरक्षणमा केन्द्रित रहेको दाबी गरे ।  पन्तले यस्तो दाबी गरे पनि गत वर्ष निकुञ्जमा जिप सफारी निकैपछि खुल्नु, असोजमा बाढी आएको घटनाले पर्यटक संख्यामा कमी देखिएको हो । अघिल्लो आव चैतसम्म १ लाख ५० हजार नेपालीले निकुञ्ज भ्रमण गरेकोमा चालु आव चैतमा घटेर ९२ हजारमा अडेको छ ।

चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । निकुञ्जभित्र जिपमा मात्रै पर्यटक घुम्ने गरेका छन् । निकुञ्जभित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिप निकुञ्जले ५ हजार लिने गर्दछ । निकुञ्जमा नेपाली पर्यटकसँग प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, सार्क पर्यटकसँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।

चितवनमा मुख्यगरी निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ ।

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - २२:०८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology