Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा माछा मार्ने क्रममा एक जनाको मृत्यु

गोरखामा माछा मार्ने क्रममा एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

२२, बैशाख २०८२
गोरखामा माछा मार्ने क्रममा एक जनाको मृत्यु
images

गोरखा, वैशाख २२ गते । गोरखामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोरखा नगरपालिका – १० छेपेटारका ६० वर्षीय लक्ष्मण कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार दिउँसो १२ बजे घरबाट निस्केर नजिकै रहेको दरौदी नदीमा माछा मार्दै गर्दा दरौदी नदीको किनारमा एक्कासि ढलेर बेहोस भएपछि दरौदी नदीमा रहेको अन्य स्थानीय र आफन्तले तत्कालै प्रदेश अस्पताल गोरखामा उपचार गर्न लगिएको उहाँले बताउनुभयो । 

गोरखा अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान २ बजे चिकित्सकले मृतक घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक घिमिरेको भनाई छ । 

अहिले जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनास्थल गई उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

images
प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - ०८:२२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology