Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बिचाैलियाले प्रतिकेजी ५० मा किन्ने फापर आँबुखैरेनीले १५० मा खरिद गर्दै, किसानलाई राहत

बिचाैलियाले प्रतिकेजी ५० मा किन्ने फापर आँबुखैरेनीले १५० मा खरिद गर्दै, किसानलाई राहत

images

इच्छाकामना न्युज

२३, बैशाख २०८२
बिचाैलियाले प्रतिकेजी ५० मा किन्ने फापर आँबुखैरेनीले १५० मा खरिद गर्दै, किसानलाई राहत
images
तनहुँ। आँबुखैरेनी गाउँपालिकाले यहाँका ९ कृषकद्वारा उत्पादित ६ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री थालेको छ।
मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो।
आँबुखैरेनी–६ प्युघरका सेतीले विगतका वर्षमा प्रतिकिलो ६० मा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकिलो एक सय ५० का दरले खरिद गरेको जानकारी दिए।
‘यो वर्ष पालिकाले खरिद गरिदिएपछि विगतको तुलनामा करिब तीन गुणा बढी आम्दानी भएको छ’, उनले भने, ‘जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौँ भनेकाले हामीलाई हौसला मिलेको छ।’
सोही स्थानका मिलनले फापर उत्पादनछि बिक्रीको समस्या नरहेको सुनाए। ‘गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ’, उनले भने।
ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए। विगतमा यहाँका कृषकले बिचौलियामार्फत प्रतिकिलो ६० मा फापर बिक्री गर्दै आएकामा पालिकाले हाटबजारमार्फत प्रतिकिलो १ सय ५० मा बिक्री गरिरहेको उनले जानकारी दिए।
आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ। यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले बताए।
आगामी वर्षदेखि यसको बजारीकरणलाई थप व्यवस्थित गरिने भन्दै उनले भने, ‘आगामी वर्ष फपार उत्पादन हुने गाउँमा कुट्ने उपकरण उपलब्ध गराएर फापरको पिठो खरिद गर्ने योजनासहित अघि बढेका छौँ।’
ग्रामीण भेगमा उत्पादित फापर उपभोक्तासम्म लैजाने र कृषकलाई सहज रूपमा बजारीकरणको व्यवस्था गर्ने पालिकाको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।–रासस

images
प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - २१:५९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology