आँबुखैरेनी, २३ बैशाख । फुटबल खेलको विकासका लागि आँबुखैरेनी भेट्रान्स फुटबल क्लब स्थापना गरिएको छ । लामो समयदेखि आँबुखैरेनी गाउँपालिका स्थित विभिन्न फुटबल क्लबमा आबद्ध पूर्व खेलाडीहरुको सक्रियता तथा सहकार्यमा ‘ आँबुखैरेनी भेट्रान्स फुटबल क्लब’ स्थापना गरिएको हो ।
क्लबको अध्यक्षमा अनिल श्रेष्ठ, उपाध्यक्षमा प्रविन अधिकारी, सचिवमा प्रमोद वाग्ले, सह–सचिवमा बिजय गुरुङ्ग र कोषाध्यक्षमा रबिन्द्र गौतम रहनुभएको छ । यस्तै, क्लबको सदस्यहरुमा ईश्वर गुरुङ्ग, भूगोल श्रेष्ठ, राकेश श्रेष्ठ, किशोर पन्त, सुशिल पाण्डे, अर्जुन कर्माचार्य, कुमार थापा मगर, प्रविन तिमिल्सिना लगाएत रहनुभएको छ ।
आँबुखैरेनीमा फुटबल एकेडेमी स्थापना भएसँगै एन्फाबाट लाईसेन्स प्राप्त प्रशिक्षकहरुद्धारा ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई आँबुखैरेनी फुटसलमा ग्रास रुटबाट फुटबलको प्रशिक्षण दिन सुरु गरिएको आँबुखैरेनी भेट्रान्स फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टिमसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित फुटबल एकेडेमी स्थापना गरिएको बताउनुभयो ।