Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षमा १६ बालबालिकाको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षमा १६ बालबालिकाको मृत्यु

images

इच्छाकामना न्युज

२३, बैशाख २०८२
तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षमा १६ बालबालिकाको मृत्यु
images

तनहुँ, वैशाख २३ गते । चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षमा १६ बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट २१ घाइते भएका छन् । चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यास लगायतका पालिकामा बढी प्रभावित छन् ।

चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छन् भने हाल बन्दीपुर गाउँपालिकामा आतङ्क बढेको छ । वि।सं। २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको गरी १६ बालबालिकाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की वर्ष ८ की सुप्रीति थापा, बन्दीपुर–१ का वर्ष ५का सुप्रिम थापा, बन्दीपुर–३ की वर्ष ११ को डिना चेपाङ हुनुहुन्छ । यस्तै गरी, व्यास नगरपालिका–१२ छर्कनका वर्ष ८ का अभिनव कुँवर भानु नगरपालिका–३ का वर्ष ६ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसै गरी भानु–४ की वर्ष ४ को रञ्जिता लम्साल, भानु–२ की वर्ष वर्ष ८ को पुष्पा अधिकारी, सोही वडाका वर्ष १० का अमृत गुरुङ, वर्ष ७ को ऋतिक रोका मृत्यु भएको छ ।

यसैगरी, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का वर्ष २ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का वर्ष ८ को पुजन सिञ्जाली, बन्दीपुर–४ का वर्ष ११ का इसाक सुनार र शुक्लागण्डकी–२ नारायण रानाको मृत्यु भएको छ । बन्दीपुर  गाउँपालिका–५ याम्पाका  १३ वर्षीय सुन्दर अछामीको २०८१ साल साउन ४ मृत्यु भएको थियो । यस्तै २०८१ साल चैत २९ गते इसुब विकको ९ वर्षको छोरी अनुजा बिकको मृत्यु भएको छ । बन्दीपुरमा नौ महिनाको अवधिमा दुईको मृत्यु भएको हो ।

वन्यजन्तुको आक्रमणमा परेका १४ परिवारलाई एक करोड ४० लाख र २१ जना घाइते भएकालाई नौ लाख ४५ हजार पाँच सय २६ रुपियाँ उपचार खर्च प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । दुई जना मृत्यु भएकालाई २० लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मृत्यु भएमा १० लाख दिने व्यवस्था भएको र रकम निकास हुन बाँकी रहेकोले भुक्तानी दिन बाँकी रहेको श्रेष्ठले बताउनुभयो ।  चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणको लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नविन विश्वकर्माले बताउनुभयो । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकोले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लै दुक्लै छाड्न नहुने विश्वकर्मा बताउनुहुन्छ । साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईबस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम हुने भएकोले सतर्कता अपनाउनु पर्ने विश्वकर्मा बताउनुहुन्छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - २२:३०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology