आँबुखैरेनी । तनहुँ आँबुखैरेनीका स्थानीय गायक/ मोडल सफल शाहीको नयाँ गित 'झमझम' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ गायक / कम्पोजर/ एरेन्जर न्यु बज्राचार्यको डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गितको म्युजिक भिडियो गायक/ मोडल शाहीको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
लोक पप शैलीमा तयार पारिएको उक्त गितमा गायक / मोडल सफल शाहीको स्वर, वरिष्ठ संगीतकार टीका दाहालको कम्पोज, भुवन न्यौपानेको शब्द, वरिष्ठ गिटारिष्ट गोपाल रसाइलीको एरेन्ज रहेको छ ।
'झमझम' बोलको गितको म्युजिक भिडियो लोक परिवेशमा चित्रण गरी एआई प्रविधि मार्फत निर्माण गरिएकोले धेरै दर्शक एवं श्रोताहरुले मन पराएका छन।
युटुबमा अपलोड गरिएको उक्त गितको म्युजिक भिडियो पछिल्लो ४ दिनमा संगीत प्रेमी दर्शकले १ लाख २७ हजार पटक हेरिसकेका छन ।