Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन्

पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन्

images

इच्छाकामना न्युज

२५, बैशाख २०८२
पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन्
images

लमजुङ, वैशाख २५ गते । लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन ।

बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित अस्थायी प्रहरी बिट नजिकै घर हुनुभएका ४७ वर्षीया सीता धिताल कँडेलको गत चैत ३१ गते शव फेला परेको थियो । उहाँको चैत २७ गते हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।

विभत्स तरिकाले हत्या गरिएको कँडेलको शव कोठाको पलाङको प्लाईभित्र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो । शव पलाङ भित्र रहेपनि कोठाको चापी लगाएको भेटिएको थियो । तर घटना भएको करिब एक महिना बित्न लाग्दा पनि प्रहरीले सो घटनाको हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रहरीका अनुसार सीताको हत्या नै भएको पोष्टमार्टमबाट समेत खुलेको छ । प्रहरीले हत्याराको पहिचान भइसकेको र आवश्यक सबै प्रक्रिया अघि बढाएको बताएको पनि धेरै भइसकेको छ । तर अभियुक्त पक्राउ पर्न नसक्दा घटना झनै रहस्यमय बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले अहिलेसम्म हत्यामा संलग्न अभियुक्त पक्राउ नपरेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रहरीले सीतासँग राम्रो चिनजान भएका र नजिककाहरुसँग सोधखोज गरे पनि शङ्कास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरिहेको छ । हत्यापछि घरभित्रै शव राखेर ढोकामा ताला लगाएका कारण हत्यारा योजनाका साथ आएको हुनसक्ने प्रहरी अनुमान छ ।

घटना भएको दिन एक युवक सीताको घरमा आएको सिसिटिभी क्यामरामा देखिएको प्रहरी अनुसन्धानमा भेटिएको छ । सो व्यक्तिसँग सीताको केही कारोबार रहेको बताइन्छ । आशङ्का गरिएका ती युवकको मोवाइल अफ रहेको र घरपरिवार नातागोतामा समेत सम्पर्कमा नरहेकाले अनुसन्धान उनिमाथि केन्द्रित रहेको प्रहरी भनाइ छ ।

तराई तिरका ति युवक घटनापछि बेपत्ता रहेको र छिमेकी देश भारततर्फ गएको हुनसक्ने प्रहरी अनुमान छ । नाम सार्वजनिक गर्दा अभियुक्त झनै भाग्न सक्ने भएकाले गोप्य राखिएको प्रहरी प्रमुख बोहोराले बताउनुभयो । 

कँडेल घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका छोरा बुहारी अस्ट्रेलिया हुनुहुन्छ । लामो समयदेखि आमासँग सम्पर्क नभएपछि उहाँका छोरा अभिनास कँडेलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए । खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी आएर घरको ताला फोड्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।

images
प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - २२:४१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology